६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुदुरपश्चिम विश्वविद्यालयको शैक्षिक सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद्ले बुझायो माग पत्र


332
Shares

काठमाडौं, २३ चैत्र। सुदुरपश्चिम विश्वविद्यालयको समग्र शैक्षिक सुधारको माग गर्दै विद्यार्थी परिषद्ले ७ बुँदे माग पत्र बुझाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम विश्वविद्यालय एकाइ समितिले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, पाठ्यपुस्तकको अभाव, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावासको अभाव तथा परीक्षामा प्रश्नपत्रको माध्यम नेपाली पनि हुनु पर्ने आदि समस्याको समाधानको माग गर्दै विश्वविद्यालय केन्द्रीय क्याम्पसमा धर्नासँगै विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण थापा एवम् रजिस्टार यज्ञराज पाठक समक्ष ७ बुँदे माग सहीत ज्ञापनपत्र बुझाएको परिषद्ले जनाएको छ ।

परिषद्का सुदूरपश्चिम प्रदेश सचिव प्रेम बोहरा र विश्वविद्यालय संयोजक गजेन्द्र बुढाको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत परिषद्का कार्यकर्ताहरूको सहभागीतामा विहिवार उक्त माग पत्र बुझाएको र माग पूरा नभए परिषद्ले विश्वविद्यालयमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

विद्यार्थी परिषद्ले बुझाएको मागहरू

प्रतिक्रिया