२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

इलाम २ बाट काँग्रेसले डम्बर खड्कालाई उठाउने


747
Shares

काठमाडौं, २१ चैत्र । इलाम क्षेत्र नं २ बाट नेपाली काँग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाउने निश्चितप्रायः भएको छ । औपचारिक निर्णय नभएपनि खड्कालाई ग्रिन सिग्नल आइसकेको छ । उनी चुनावी अभियानको तयारीमा छन् ।

वैशाख १५ मा हुने उपनिर्वाचनमा खड्का बलिया उम्मेदवार मानिन्छन् । खड्का २०७९ को मंसिरमा भएको निर्वाचनमा नेकपा एमालेका सुभाष नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

खड्कालाई त्यतिबेला गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि सघाएको थियो । यसपटक त्यहाँ काँग्रेस एक्लै चुनावी मैदानमा छ । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ आफ्ना उम्मेदवार खडा गरेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन् ।

प्रतिक्रिया