३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

ऋणीहरु आतंकित हुँदा बैंकमा ऋण लिन जाने निरुत्साहित


664
Shares

काठमाडौं, १५ चैत्र । ऋणीहरु अहिले आतंकित छन् । लामो समय चर्को ब्याजदरले थलिएका छन् उनीहरु । ऋणीहरुले चर्को ब्याजदर तिर्न नसक्दा कतिपयको धीतो नै लिलामीमा छ । कतिपय बैंकहरुले उनीहरुलाई तनाव दिइरहेका छन् ।

देशमा चर्को ब्याजदरले ऋणीहरु थलिएकाले नयाँ ऋणी बन्न कमैमात्र तयार भएका छन् । लगानीका लागि ऋण लिन जानेहरु निरुत्साहित छन् । जसका कारण वाणिज्य बैंकहरुमा खरबौं रकम थुप्रिएको छ तर ऋण प्रवाह हुन सकेको छैन ।

बैंकमा कर्जा प्रवाह बढ्न नसक्दा ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम थुप्रिएको छ । यो रकम देशको कुल बजेटको झण्डै आधा हो । बैंकमा रकम थुप्रिदा बजारमा आर्थिक गतिविधि सुस्त छ ।

घट्दो ब्याजदरका बाबजुद ऋण लिनेहरु उत्साही हुनसकेका छैनन् । यो अर्थतन्त्रका लागि शुभ संकेत होइन ।

प्रतिक्रिया