६ आश्विन २०८१, आइतबार | September 22, 2024

एसईई परीक्षा सुरु


664
Shares

काठमाडौं, १५ चैत्र । आजबाट माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ । एसईईमा ५ लाख ४ हजार १४ विद्यार्थी सहभागी भइरहेका छन् ।

एसईई दिनेमा छात्र २ लाख ५३ हजार ६ सय २७ र छात्रा २ लाख ५० हजार ७ सय ७२ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षा दिनेको संख्या १२ हजारले घटेको छ । यसलाई युवाको विदेश पलायनसँग पनि जोडिएको छ ।

बाबुआमा विदेश बसाईसराईमा जाँदा छोराछोरी पनि सँगै या पछि लाने क्रम बढेकाले एसईई परीक्षा दिनेको संख्या घटेको देखिन्छ ।

प्रतिक्रिया