२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

अमेरिकाले धार्मिक अनास्था फैलाउन पैसा बाँडेको विषयले तरंग


498
Shares

काठमाडौं, १३ चैत्र । नेपालमा नास्तिकता फैलाउन अमेरिकाबाट करोडौं पैसा बाँडिएको त्यहाँकै सांसदले खुलाएपछि नेपालको राजनीतिक र सामाजिक क्षेत्रलाई नै तरंगित पारेको छ । यस्तो पैसा कहाँ कहाँ कस्ले पायो भन्नेबारे चासो पनि बढेको छ ।

नेपालमा धार्मिक अनास्था फैलाउन गनेचुनेको व्यक्तिहरुको समूहसम्म पैसा पुगेको खुलेको हो । त्यस्ता व्यक्तिहरु राजनीतिक, सामाजिक र लेखन क्षेत्रमा सक्रिय रहेका छन् । उनीहरुले धार्मिक अनास्था फैलाउन रकम लिएको विषय चर्चामा छ ।

अमेरिकी सांसद ब्रायन मास्टले नेपालमा नास्तिकहरुमा पैसा खर्च भइरहेकोमा प्रश्न संसदमै गरेका हुन् । दशौं करोड नेपाली रुपैयाँ त्यस्ता काममा खर्च भइरहेको भन्दै रिपब्लिकन सांसदले प्रश्न उठाएका हुन् । मास्टले संसदमा यस विषयमा बोलेर ट्वीटरमा समेत राखेका छन् ।

अमेरिकी सांसदको खुलासालाई अमेरिकी राजदूतावासले भने खण्डन गरेको छ । उसले कुनैपनि निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरुलाई प्रवद्र्धन नगर्ने भनेपनि आफ्नो रोजाईको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवद्र्धन गर्ने गरेको स्वीकारेको छ । अमेरिकी राजदूतावासले नोट मार्फत् विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्ने विषयलाई प्रवद्र्धन गरेको भनेको छ ।

अमेरिकाले समलिङ्गि अधिकारको लागि भन्दै रकम बाँडेको पनि खुलेको छ । यसलाई अमेरिकी राजदूतावसको नोटमा घुमाउरो पाराले स्वीकारिएको छ । नेपालमा पछिल्लो समय समलिङ्गिसम्बन्धी गतिविधिमा अमेरिकाको चासो निकै देखिन्छ । अमेरिकी राजदूतले नै समलिङ्गि विवाहको खुलेर प्रशंशा गरेका छन् ।

अमेरिकामा रिपब्लिकन सांसदहरुले भने धार्मिक अनास्था र समलिङ्गि अधिकारका लागि भन्दै रकम बाँडेकोबारे प्रश्न उठाउँदै आएका छन् । दुई वर्ष अघि रिपब्लिकन पार्टीकै सांसद न्युट ग्रिनरिचले वाइडेनले धार्मिक परियोजनामा खर्च गरेको विषय उठाएका थिए ।

नेपालमा नास्तिकता प्रवद्र्धन र धर्मान्तरणमा ठूलो रकम पश्चिमा देशहरुबाट आइरहेको खुल्दै आएको छ । यसको पुष्टि अमेरिकाकै सांसदको अभिव्यक्तिबाट प्रष्ट भएको छ । यस्ता रकमहरुका कारण नेपालमा अमेरिकाप्रति जनमानसमा नकारात्मक भावना विकास भइरहेको छ ।

प्रतिक्रिया