४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण, हरिसिद्धिको के होला ?


747
Shares

काठमाडौं, ९ चैत्र । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सरकारीकरणको निर्णय लिएको हो ।

बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा अतिक्रमण गरिएको थियो । सरकारी जग्गा २०४४ सालको भदौ र मंसिरमा गरी च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । उक्त जग्गामा चाँदवाग स्कुल सञ्चालन गरिएको छ ।

बाँसबारी जस्तै हरिसिद्धि ईट्टा तथा टायल कारखानाको जग्गा पनि हडपिएको छ । उक्त जग्गा पनि सरकारले फिर्ता ल्याउने पहल हुने बुझिएको छ ।

प्रतिक्रिया