७ बैशाख २०८३, सोमबार | April 20, 2026

साहित्यकार खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण


0
Shares

काठमाडौं, १६ चैत्र ।  साहित्यकार महेशराज खरेलद्वारा लिखित एवम् दोस्रो कृतिका रूपमा प्रकाशित उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण तथा परिचर्चा चैत्र १४ गते मङ्गलवार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न भएको छ ।

उपन्यासकारकी नब्बे वर्षीय आमा अयुद्धा खरेलको जन्मदिनको शुभउपलक्षमा आयोजित उक्त विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी, उपन्यासकारकी आमा अयुद्धा खरेल विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, प्रा.डा.गोविन्दराज भट्राई विशेष अतिथि रहनुभएको उक्त समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.रजनी ढकाल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कोषाध्यक्ष गोपालकुमार मैनाली, उपन्यासकारकी जीवनसङ्गिनी सरोजा आचार्य खरेल, छोरी आर्या खरेल, छोरा अगृमराज खरेल, प्रा.डा.रमेशप्रसाद भट्टराई, डा.मधुशूदन लामिछाने, �

प्रतिक्रिया