२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रवि लामिछानेलाई बिनोद चौधरीले दिए चुनौती


0
Shares

काठमाडौं, ८ चैत्र । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई डलर अर्बपति बिनोद चौधरीले कडा चुनौती दिएका छन् । बिहिबार विहान सरकारी वकिलको कार्यालयमा बयान दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा मुछ्नुलाई राजनीतिक स्टन्ट भने ।

चौधरीले नाम नलिई लामिछानेतर्फ संकेत गदैै आफ्नो चरित्रको प्रमाणपत्र स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताए । चौधरीले आफूमाथि भएका गतिविधिलाई राजनीतिक स्टन्टको संज्ञा दिए ।

नवलपरासी पश्चिमबाट निर्वाचित सांसद समेत रहेका चौधरीले बाँसबारीको जग्गा प्रकरणमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको समेत बताए । दलगत राजनीतिलाई छाडेर विकासको राजनीति गरिरहेको चौधरीको दाबी थियो ।

प्रतिक्रिया