२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

हेमन्तको भजन संग्रह


913
Shares

काठमाडौं, १९ चैत्र । २०५३ मा नातिकाजीको स्वर संगीतमा मनमा काडा बिझेपछि बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतको किताबको पछिल्लो दशौँ संस्करण प्रकाशित भएको छ । यसमा यसमा गणेश, राम, शिव दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकि भजन जीवन मृत्युको विषयमा लेखिएको छ ।

यसभन्दा अगाडिका संस्करण हरुमा १०६ वटा भजनहरु समावेश गरिएको थियो भने पछिल्लो संस्करणमा १४५ वटा भजनहरु समावेश गरिएको छ । पचास वटा भजन आशा भोसले, साधना सरगम, कैलाश खेर, पंडित जसराज, कुमार सानु, उदित नारायण झा, अनुराधा पौड्वाल, अनुप जलोटा, श्रेया घोषाल, सोनु कक्कर, नेहा कक्कर लगायत गायक गायिकाहरुले गायका छन् । क्लासिकल र सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् १ भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ । निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका छन् ।

मृत्यु लाई पनि उत्सबको रुपमा चित्रण गरेर पनि भजनहरु लेखिएका छन् १ जीवन जस्तै मृत्यु पनि उत्सब हुनु पर्छ भन्ने खालका भजनहरु पनि छन् । आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरु छन् । यसमा मानिसलाई उत्प्रेरित र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरू पनि समेटिएका छन् । गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रहको मूल्य रु २०० रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह गीतकार खतिवडाको पहिलो भजन संग्रह हो ।

प्रतिक्रिया