१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

उदयपुर सिमेन्ट उद्योग यसो गरे चल्छ, दिन्छ मनग्गे मुनाफा


664
Shares

गोपीकृष्ण न्यौपाने । यो आलेख महाप्रबन्धकको रूपमा करिब तीस महिना अहोरात्र खटेको उद्योग उदयपुर सिमेन्टको बारेमा केन्द्रित छ । कतिलाई लाग्न सक्छ, छोडेको ठाउँको चासो किन तर, यो उद्योगको बारेमा प्रत्येक नेपाली नागरिकलाई जान्न पाउने अधिकार छ र मैले बुझेका कुरा बाहिर ल्याउँदा नीति निर्मातादेखि यस विषयमा चासो राख्ने सबैलाई लाभदायक नै हुन्छ भन्ने मेरो विश्वास छ।

हुन त यो संघ अन्तर्गत राखिएको राष्ट्रिय उद्योग हो तर सरकारको यसलाई हेर्ने नजरिया भने ‘राष्ट्रिय दृष्टिकोण’को छैन । संघीय सरकारको प्राथमिकतामा नपर्नु, प्रदेश तथा स्थानीय सरकारको अपनत्व नहुनु, राजनीतिक हस्तक्षेपको सिकार बन्नु, कर्मचारी युनियनको दबदबाले व्यवस्थापन दबिएर सही समयमा सही निर्णय लिन नसक्नु, साङ्गठनिक प्रकृतिका भ्रष्टाचार हुनु र आवश्यकता भन्दा बढी कर्मचारीको भर्ती केन्द्र बनाइनु आदि कारणले यो उद्योगको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । र, पछिल्लो समयमा उद्योग नै बन्द हुने अवस्थासम्म पुर्‍याएर कुनै निजी उद्योगलाई खानी नै बेच्ने प्रयासमा केही उच्च पदस्थहरू लागि परिरहेको अवस्था छ ।

नजिकैको मारुती सिमेन्टको उत्पादन क्षमता ३ सय टनबाट शुरु गरेर अहिले ३ हजार टन दैनिक उत्पादन सहित प्रगति गरिरहँदा मारुतीको तुलनामा सम्पूर्ण सुविधाहरू हुँदापनि यस उद्योगले आफ्नो उत्पादन क्षमता बिस्तार त कता कता भएको दैनिक ८ सय टन क्षमताको ३० प्रतिशत औषत उत्पादन मात्र गर्नु लज्जास्पद कुरा हो । कुनै समयमा बजारमा एकाधिकार जमाएको गैँडा छाप सिमेन्ट आज ६५ वटा उद्योगका सयभन्दा बढी ब्राण्डसंग उच्च लागत सहितको यति थोरै परिमाण लिएर प्रतिस्पर्धामा उत्रिनु सम्भव नै छैन, लागतको हिसाबले । त्यसैले अलौकिक प्राकृतिक उपहार सिन्धुली खानीको पूर्ण उपयोग गर्न सके मात्रै पनि उदयपुर जिल्लाले औद्योगिक विकास तर्फ गति लिन्छ भन्ने कुरा उदयपुरका अग्रज नेतृत्वले महसुस गर्न जरुरी छ ।

खानीको स्थिति

उदयपुर जिल्लाको सिन्धुली भन्ने डाँडामा रहेको करिब ७ करोड ३५ लाख मे। टन सिमेन्ट उत्पादन क्षमता भएको चुनढुङ्गा खानी, एउटै चट्टान, ५ वर्ग किलोमिटर फैलिएको १०९ मिटर गहिरो अवस्थितिमा रहेको छ । यो चुनढुङ्गाको ःनय९mबनलभकष्गm यहष्मभ० द्द५ भन्दा कम र अबअिष्गm९अयलतबष्लष्लन ष्लयचनबलष्अ mबतभचष्ब ि९ऋबइ० छद्द५ भन्दा बढी रहेको यस खानीमा रहेको चुनढुङ्गा हालसम्म ६ प्रतिशत अर्थात् ३८ लाख मे। टन मात्रै उत्खनन भएको छ । अहिलेकै धिमे गतिमा उद्योग सञ्चालन गर्दा लगभग ४ सय वर्षलाई यो खानीले पुग्ने अनुमान गरिएको छ ।

अझ अनुसन्धान गर्ने हो भने यो खानीको आसपास अरू सानाठूला खानी रहेको र केही खानीहरू निजी उद्योगहरूले भित्रभित्रै हडपिसकेको खानी विभागकै

प्रतिक्रिया