२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

एनसेल करछलीबारे किन चुप छन् रवि


747
Shares

काठमाडौं, २ चैत्र । सत्तामा आउँदा होस् या बाहिर रहँदा होस् कुनै न कुनै स्टन्ट मार्न खप्पिस छन् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । उनले दोस्रोपटक गृहमन्त्री भएर सुनकाण्डको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनुका साथै फेरि छानविन गर्ने अभिव्यक्ति दिए । यसबारे सूचना पनि मिडियामार्फत् चुहाए ।

लामिछाने अपराध र गैरकानूनी कार्यको विरुद्ध उत्रिने बताउने गरेका छन् । तर, रोचक त यो छ कि उनी एनसेल करछली प्रकरणबारे केही बोल्दैनन् ।

एनसेलको शेयर खरिद विक्रीमा खरबौंको चलखेल भएको खुलिसकेको छ । यसबारे आयोग नै बनाएर अनुसन्धान भयो तर प्रतिवेदन बुझाएपनि सार्वजनिक गरिएको छैन ।

एनसेल कर छली प्रकरणमा दुबई र सिंगापुरमा खेलहरु भएको विषय आइरहँदा लामिछानेको पनि त्यही क्षेत्रमा भ्रमण भएको थियो उतिबेलै । एनसेल कर छली जस्तो गम्भीर विषयमा लामिछाने चुइक्क बोलेका छैनन् ।

एनसेल कर छलीमा शीर्ष नेताहरु समेत संलग्नताको विषय उठ्दै आएको छ । यो प्रकरणमा माफिया नै लागेको खुल्दै गएको छ ।

देशघाती आर्थिक अपराधमा रवि लामिछाने नबोल्नुले रहस्य नै जन्माएको छ । बरु उनी यी घटनालाई अन्यत्र मोड्ने गतिविधिमा लागिसकेका छन् ।

प्रतिक्रिया