२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

उडिरहेको जहाजका पाइलट निदाएपछि…


2.3k
Shares
A Batik Air Airbus A320 aircraft takes off in Colomiers near Toulouse, France, October 19, 2017. REUTERS/Regis Duvignau

एजेन्सी, २७ फागुन । उडिरहेको जहाजका पाइलट नै निदाएपछि के हुन्छ ? पक्कै पनि दुर्घटनाको सम्भावना रहन्छ । त्यस्तै भयो इन्डोनेशियाको उडिरहेको विमानमा ।

पाइलट र कोपाइलट दुवै निदाए जहाजमा । आकाशमा उडिरहेको विमानका पाइलट २८ मिनेट निदाउँदा एयर कन्ट्रोलमा कुनै सम्पर्क भएन । कन्ट्रोल रुपमबाट पटक पटक खबर गर्दा पनि उनीहरुबाट जवाफ आएन ।

पाइलटले आफू केही बेर सुत्ने बताएर को पाइलटलाई जिम्मेवारी दिएका थिए । तर, को पाइलट पनि निदाए । बाटिक एयरको उक्त जहाजमा १५३ यात्रु थिए । उनीहरु धन्न जोगिए ।

जनवरी महिनामा भएको यो घटनाको गम्भीर छानविन भई पाइलटलाई दोषी ठहराइएको छ ।

प्रतिक्रिया