३० चैत्र २०८२, सोमबार | April 13, 2026

ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदै


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ ।

उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।

डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्याक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

 

प्रतिक्रिया