२९ चैत्र २०८२, आइतबार | April 12, 2026

थाइल्याण्डको पतैयामा“SV होलिडेज” को व्यावसायिक यात्रा सुरु


2.9k
Shares

काठमाडौं । थाइल्याण्डको पर्यटन राजधानी मानिने पतैयाबाट नेपाली पर्यटकलाई लक्षित गर्दै नयाँ सोच र सेवासहित “SV होलिडेज” ले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ। विदेश भ्रमणलाई सहज, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यसहित सुरु गरिएको यो पहलले नेपाली ट्राभल बजारमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।

कम्पनीको मुख्य कार्यालय पतैयामा रहेको छ भने नेपालमा विभिन्न स्थापित ट्राभल एजेन्सीसँग सहकार्य गर्दै सेवा विस्तार गरिँदैछ। यसले गर्दा नेपालबाट थाइल्याण्ड घुम्न जाने पर्यटकलाई बिचौलियाको झन्झट कम भई प्रत्यक्ष र व्यवस्थित सेवा प्राप्त हुने विश्वास गरिएको छ।

SV होलिडेजका निर्देशक संजिव गुरुङ र विजय पाण्डेका अनुसार कम्पनीले अन्य व्यवसायीले दिएको सेवाभन्दा केही फरक, पारदर्शी र किफायती प्याकेज उपलब्ध गराउने लक्ष्य लिएको छ । “घुम्न जाने क्रममा नेपालीहरू कहिलेकाहीँ ठगिने समस्या पनि देखिन्छ, त्यसलाई अन्त्य गर्दै विश्वासिलो सेवा दिने हाम्रो मुख्य उद्देश्य हो,” उनीहरूको भनाइ छ ।

कम्पनीले होटल बुकिङ, एयरपोर्ट पिकअप, सिटी टुर, एडभेन्चर गतिविधि लगायत सम्पूर्ण ट्राभल सेवा एकै ठाउँबाट उपलब्ध गराउने योजना बनाएको छ । साथै, नेपाली भाषामा सेवा प्रदान गरिने भएकाले पहिलो पटक विदेश भ्रमण गर्ने यात्रुहरूका लागि अझै सहज हुने अपेक्षा गरिएको छ।

व्यवसाय सुरु भइसकेको हुँदा छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरूको समेत मन जित्न सफल भइसकेको छ। यस SV ग्रुपले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्दै SV होलिडेजले “सस्तो मात्र होइन, सुरक्षित र भरपर्दो यात्रा” भन्ने नारासहित नेपाली पर्यटकको मन जित्ने प्रयास थालेको छ। पर्यटन सँगसँगै नेपाली कफी नेपाली उत्पादनलाई विश्वव्यापी रुपमा चिनाउने उद्देश्यले कफीको पहिलो आउटलेट पनि थाइल्याण्डमा पतैया सहरमै विस्तार गरिसकेको छ।

 

प्रतिक्रिया