१६ चैत्र २०८२, सोमबार | March 30, 2026

ओली र लेखक पक्राउ: ‘हेलचेक्र्याइँ गरी ज्यान हत्या’को अभियोग


747
Shares

काठमाडौं, १४ चैत – प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा पक्राउ गरेको छ।

तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूलाई लापरवाही भएको ठहर गर्दै, सो लापरवाहीकै कारण ज्यानमाथि आघात पुगेको जनाएको थियो।

प्रतिवेदनअनुसार, पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतलाई मुलुकी अपराध संहिताको दफा २८१, २८२ र २८३ अन्तर्गत कारबाही हुने उल्लेख छ।

मुलुकी अपराध संहितामा हेलचेक्र्याइँपूर्वक कसैको ज्यान मार्ने काम गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

यसअघि नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

यो कदमले राजनीतिक र प्रशासनिक क्षेत्रमा ठूलो हलचल मच्चाएको छ।

प्रतिक्रिया