बालेनलाई दलको नेता चयन गर्न रास्वपाको बैठक बस्दै
काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बस्दैछ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।
बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।
नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने बताइएको छ ।


