१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काँग्रेसमा विभाजनको बहस : ‘यथास्थितिवादी’ धार समाप्ततर्फ ?


581
Shares

राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली काँग्रेसभित्र बढ्दो आन्तरिक विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार अब पार्टी निरन्तरको रनभुल्लमा अल्मलिनु लोकतन्त्रकै लागि घातक हुन सक्छ।

खनाल भन्छन्, गगन थापाको नेतृत्वमा अघि बढिरहेको ‘पुनर्संरचित काँग्रेस’ र शेरबहादुर देउवामा निर्भर ‘यथास्थितिवादी काँग्रेस’बीच स्पष्ट धार निर्माण भइसकेको छ। यस्तो अवस्थामा दुवै पक्षले आफ्नै मार्ग रोजेर भविष्य निर्माण गर्नु नै बुद्धिमानी हुने उनको तर्क छ।

उनले थपे, ‘यथास्थितिवादी काँग्रेस’ले अब नेपाली राजनीतिमा पुनः बलियो उपस्थिति जनाउने सम्भावना निकै कमजोर देखिन्छ, जसले पार्टीको भविष्यबारे नयाँ बहस सुरु गरेको छ।

प्रतिक्रिया