५ चैत्र २०८२, बिहिबार | March 19, 2026

टुलिप होटलमा रवि कनेक्सनको प्रश्न


166
Shares

काठमाडौं । एकातिर परिपक्व र सन्तुलित भाषण, अर्कोतिर कार्यक्रमको पृष्ठभूमि नै विवादमा तानिएको—यही द्वन्द्व अहिले चर्चाको केन्द्र बनेको छ।

प्रभु बैंक घोटाला प्रकरणमा पक्राउ परेका राजेन्द्र शाक्य स्वामित्वको टुलिप होटलमा आयोजित कार्यक्रमले नयाँ प्रश्नहरू उठाएको छ। त्यही होटल, जसको मालिक बैंक घोटालामा मुछिएका छन्, र त्यही बैंक जसले सभापति रवि लामिछानेलाई दशौँ करोडको धरौटीमा पटक–पटक बैंक ग्यारेन्टी दिएको तथ्यले ‘कनेक्सन’ माथि शंका झन् गहिरो बनाएको छ।

कार्यक्रमको भव्यतासमेत चर्चामा छ। एउटा कोठाको न्यूनतम मूल्य १३ हजारका दरले हिसाब गर्दा १८२ जनाका लागि एक रातमै कोठामा मात्रै करिब २४ लाख रुपैयाँ खर्च भएको अनुमान छ।

खानपान जोड्दा खर्च लगभग दोब्बर पुग्ने देखिन्छ। दुई दिनको कार्यक्रमको कुल खर्च झण्डै १ करोड हाराहारी पुग्ने आँकलन गरिएको छ।

यस्तो अवस्थामा प्रश्न उठिरहेको छ—भाषण जति नै परिपक्व भए पनि, पृष्ठभूमि विवादित हुँदा त्यसको नैतिक आधार कत्तिको मजबुत रहन्छ ?

राजनीतिक पारदर्शिता र नैतिकताको कुरा गर्ने नेताहरूका लागि यस्ता ‘कनेक्सन’हरूले दीर्घकालीन असर पार्न सक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको बहस यही हो—यो केवल संयोग हो कि सुनियोजित सम्बन्धको संकेत ?

प्रतिक्रिया