४ चैत्र २०८२, बुधबार | March 18, 2026

ग्रासरुटुसम्मै कांग्रेस ध्वस्त पार्नेहरुले चुनावी नतिजा राम्रो भएन भन्नु गैरजिम्मेवारीपनाको पराकाष्ठा


332
Shares

रमेश खरेल । भदौ २३ र २४ गते पछि अरुलाई संयमता सिकाउँदै हिँडेका नेपाली कांग्रेसका नेताहरुलाई अहिले यो संवेदनशिल समयमा संयमता कसले सिखाइदेओस्, कुन्नी । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आएको मतपरिणामले हतास भएका कांग्रेसी नेताहरुले सार्वजनिक रुपमा गर्दै हिँडेको टिप्पणीहरु समग्र कांग्रेसलाई नै अहित गर्ने खालको छ ।

यत्रो समयसम्म पार्टीलाई आफ्नो कब्जामा राखेर ‘ग्रासरुटुसम्मै कांग्रेसको संगठन कमजोर पार्ने, कांग्रेसलाई ‘इरेलिभेन्टु बनाउनेहरु अहिले आएर चुनावी नतिजा राम्रो भएन भन्नु अशोभनिय, गैरजिम्मेवारीपनाको पराकाष्ठा हो । अहिले आएर सबै मिलेर पार्टीलाई पुनः एकीकरण गर्नुभन्दा आपसी द्वन्द निम्त्याउन खोज्ने हो भने, नेपाली कांग्रेसको हाल, सत्ता र शक्तिभन्दा निकै टाढा, भारतीय कांग्रेसजस्तो हुँदैन भन्न सकिँदैन । अहिलेको समय कांग्रेसका लागि शुन्य समयजस्तै हो । अब कांग्रेसले आफ्ना कमीकमजोरी केलाउनु पर्नेछ, संगठनलाई मजबुत पार्नुपर्नेछ, र आफूलाई रिलिभेन्ट बनाउनुपर्नेछ । आफूले बहन गर्नुपर्ने जिम्मेवारी बहन नगरि नेतृत्वको आलोचना गरेर पार्टी र लोकतन्त्र कहिल्यै सबल हुनेवाला छैन । सबल कांग्रेस भनेको, सुदृढ लोकतन्त्र हो । जसको फाइदा अन्ततः देशले नै पाउनेछ ।

निर्वाचनका बेला कांग्रेसको पक्षमा मत माग्ने आँट समेत नगरेर विदेश हाँकीएका ती नेताहरुका सभापति र तिनीहरु चाहीँ, अझै पनि कांग्रेस बदलिन पर्छ भन्ने पक्षमा देखिँदैनन् । जुनकी दुःखद हो । मीन विश्वकर्माजी, जय नेपाल, है ।

प्रतिक्रिया