यो बदला होइन, समीक्षा गर्ने समय हो : चन्द्र भण्डारी
काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले निर्वाचनमा बेहोरेको पराजयले झगडा नभई समीक्षा माग्ने आशय व्यक्त गरेका छन् । कांग्रेसभित्र विकसित वातावरणबारे शनिबार फेसबुकमार्फत छोटो टिप्पणी गर्दै नेता भण्डारीले लेखेका छन्, ‘पराजयले झगडा होइन, समीक्षा माग्छ । डुब्ने होइन, बाहिर निस्कने योजना बनाउँछ ।’
अहिले समयले झगडा नखोजेको उनले उल्लेख गरेका छन् । ‘झगडाले खोजेको छैन(किन बोलाइरहेको रु यो बदला लिने समय होइन ,’ भण्डारीले लेखेका छन् । अब उठ्नका लागि अपरिपक्व व्यवहार त्याग्नु अनिवार्य रहेको उनले बताएका छन् ।


