खगेन्द्र सुनार फेरी विवादमा
‘जसरी हिजो हामीलाई पढाउँदा कन्चटको रौँ समातेर, डस्टरले टाउकोमा ट्वाक्क हान्थे, त्यो मास्टरलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ, त्यो मास्टरलाई अलि पढाइ नपुग्या हो, म पनि शिक्षा संकाय नै पढेर आएको हो, त्यसैले मलाई पनि थाहा छ कसरी पढाउने भनेर ।’–यसरी टिप्पणी गर्दै विद्यार्थीमा बदलाको नकारात्मक भावना फैलाएपछि खगेन्द्र सुनारको सर्वत्र आलोचना भइरहेको छ ।
खगेन्द्र सुनारलाई माफी माग्न र आगामी दिनमा बोल्दा ढंग पुर्याउन महासंघको चेतावनी
नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले सुनारलाई माफी माग्न र आगामी दिनमा बोल्दा ढंग पुर्याउन सजग गराएका छन् ।


