२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

मैले फेरि अर्को घर पाएँ, माइती पाएँः सबिना काफ्ले


166
Shares

सर्वप्रथम त हामी सबैलाई धेरै धेरै बधाई

देश भरी नै यति धेरै उल्लास छाइरहँदा झापा ५ प्रति विशेष कृतज्ञता र नमन छ । धन्यवादका पात्रहरू धेरै छन् । एक एकलाई समेट्न गाह्रो छ । तर यो लेखिरहँदा हरेक अनुहारहरू मेरो मानसपटलमा मुस्कुराइरहेका छन् । यस क्षेत्रको संगठनका जोशिला साथीहरूलाई धेरै धेरै धन्यवाद । कति असहजताका बाबजुद पनि दिन रात नभनी तपाईँहरूले मेहनत गर्नुभयो । तपाईँहरूको मेहनत आज संसारले देखिरहेको छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिनु भएका सबै साथीहरूलाई धन्यवाद ।

तर यसैबीच भन्नु पर्ने कुरा स संस्थामा औपचारिकता हुन्छ, मेहनत हुन्छ, गन्ती हुन्छ, मापन हुन्छ । तर परिवारमा प्रेम हुन्छ, प्रार्थना हुन्छ, आस्था हुन्छ, आशीर्वाद हुन्छ । म एउटा सचेत नागरिक हुँ भन्दै झापा छिरिरहँदा यो ठाउँले मलाई छोरी मान्यो, चेली मान्यो । यी सबै स्वागत, सम्मान र स्पर्शमा मैले माया देखेँ । आफ्नो उम्मेदवार प्रतिको विश्वास र आस्था देखेँ । उम्मेदवारले विजय प्राप्त गर्नु भयो तर मैले फेरि अर्को घर पाएँ, माइती पाएँ जसले मलाई दृढता र आत्मविश्वास सिकाएको छ । मेरो व्यक्तित्वमा नयाँ आयामहरू थपिएका छन् जसले मलाई अझै सबल, सशक्त र जिम्मेवार बनाएको छ ।

यहाँहरूले दिएको अपनत्व र भरोसाले अब हिँड्ने हरेक पाइला अझ अर्थपूर्ण बन्ने छ १ हिजो पनि म यहीँ थिएँ, आज पनि म यहीँ छु, र भोलि पनि म यहीँ भेटिनेछु।
हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद

प्रतिक्रिया