काठमाडौं–१ मा रञ्जु दर्शना विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितको खाता खुलेको छ ।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे ।
अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।


