मादक पदार्थ सेवन गरी पोखरामा स्कुल बस चलाउने ५ जना पक्राउ
पोखरा । कास्की जिल्लाको पोखराका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना पक्राउ परेका छन् ।
मापसे गरी स्कुल बस चलाउने गरेको गुनासोपछि सोमबार प्रहरीले विभिन्न स्थानमा स्कुल बसमाथि चेकजाँच गरेको थियो ।
सो क्रममा ५ जना चालक पक्राउ परेका हुन् । रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलका बस चालक आन्नद परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलका चालक गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलका चालक भक्तबहाुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलका बस चालक डम्बर बहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलका चालक पदम विक रहेका छन् ।


