काठमाडौंको वडा नं २ मा प्रदीप पौडेलको घरदैलो कार्यक्रम (फोटोफिचर)
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आज काठमाडौं महानगरपालिकाको वडा नं २ को नील सरस्वती मार्ग लाजिम्पाट आसपास चुनावी घर दैलो कार्यक्रम गरेका छन् ।
बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म दुई सिफ्टमा पौडेल मतदाताहरुको प्रत्येक घरघरमा पुगेर मत मागिरहेका छन् ।
उनी गत ०७९ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।



