पूर्वराजा हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान,स्वागत गर्दै राजावादीहरु
झापा,१ फागुन । केही दिनको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन् ।
यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् ।
मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेको सुरक्षा स्रोतले जनाएको छ ।
उनी करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
शुक्रबार राजावादीहरूले विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेदा प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।


