सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं, १ फागुन । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य तोलामा ३ हजार रुपैयाँले गिरावट आएको छ ।
साताको कारोबारको अन्तिम दिन आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्यमा भने बृद्धि भएको छ । आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


