रास्वपा कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख पक्राउ
बुटवल, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख पक्राउ परेका छन् ।
प्रमुख रिखिराम भट्टराईलाई प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो । उनी बाणगंगा नगरपालिका– ८ का स्थानीय हुन् ।
उनले गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुकबाट ती कागजातहरू सार्वजनिक गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।


