जनकपुरधाममा डा.झाले गरे टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन
जनकपुरधाम । जनकपुरधामको वडा नंं ८ बाल्मिकीनगर (बलवाटोल) आजदेखि टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
मिथिला बारियरको आयोजना तथा परिक्रम सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी साझेदारी बाल्मिकीनगर, बलवा टोलमा स्थानीय युवा अभियन्ता रञ्जित रायको समन्वयमा शुरु भएको सो प्रतियोगितामा जनकपुरधामका विभिन्न १६ वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता तथा चर्म रोग विशेषज्ञ डा। प्रसन्न झा र तथा रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन खेल कनकपट्टी र बसहीया क्रिकेट टिमका बीचमा भएको छ ।
१० दिनसम्म चल्ने प्रतियोगितामा विजयी हुने टिमलाई ३५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई २१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने युवा अभियन्ता रायले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा बाल्मिकीनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चन्दु वैठा, वडाका युवा अभियन्ता, समाजसेवी तथा खेलाडीहरूको सहभागिता रहेका थियो । वाल्मीकि प्रहरी चौकीसँगै रहेको सार्वजनिक खेल मैदानमा प्रतियोगिता भइरहेको छ ।
युवाहरूलाई कुलत वा अन्य गलत बाटोमा जान नदिन तथा शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनका लागि खेलकुद महत्वपूर्ण माध्यम भएको चिकित्सक डा। झाले प्रतिक्रिया दिनुभयो ।


