नेपाल भ्यालुयर्स एशोसिएशनको ३ दिने तालिम सुरु
काठमाडौं, १६ माघ । सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) को “अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी ३ दिने तालिम आजदेखि सुरु भएको छ ।
एशोसिएशनले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धिको लागी ३०औं तालिमको आयोजना गरेको हो । आज (शुक्रबार)देखि सुरु भएको उक्त तालिम माघ १८ गते आइतबार समापन हुनेछ ।
ठमेलस्थित होटल यात्रीमा आज बिहान ८ बजेदेखि सुरु भएको तालिम आइतबार बेलुका ७ बजेसम्म संचालन हुनेछ । एनभिएका उपाध्यक्ष ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक रहेका छन् ।
“अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिममा मुल्यांङकन पेशामा कार्यरत ३० भन्दा बढी इन्जिनियरहरु तालिममा सहभागी रहेको सचिव इ.रबिन्द्र अधिकारीले जानकारी दिए ।
एनभिएले आगामी माघ २३ गते आफ्नो १५ औं स्थापना दिवस पनि भव्य रुपमा मनाउदै छ ।
एनभिए नेपालमा मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले मूल्याङ्कनकर्ताहरूको समूहद्वारा स्थापित छाता संस्था हो । यसले देशमा मूल्याङ्कनकर्ताको पेशासँग सम्बन्धित सबै मुद्दाहरूलाई सम्बोधन गर्न सहजकर्ताको भूमिका पनि खेल्दै आएको छ । एनभिएमा ९ सय भन्दा बढी संस्थागत सदस्यहरु छन् भने ३ हजार भन्दा बढी इन्जिनियरहरु यसमा आबद्ध छन् ।




