१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

गगनलाई जिताउन प्रदेशसभा उम्मेदवारसहित चार वडाध्यक्ष कांग्रेस प्रवेश


January 28, 2026
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नं। ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै विभिन्न दलबाट कांग्रेस प्रवेश गर्ने क्रम तीव्र बनेको छ।

थापाको चुनावी अभियानलाई सशक्त बनाउन सर्लाही क्षेत्र नं। ४ का प्रदेशसभा उम्मेदवारसहित गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं। ४ ‘ख’ का प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाहासहित गोडैता नगरपालिका वडा नं। १ का वडाध्यक्ष सुजित महतो, वडा नं। २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं। ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं। ११ का वडाध्यक्ष विश्वनाथ पण्डितले कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरूलाई बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरे।

कांग्रेस प्रवेश गरेका सबैले आगामी निर्वाचनमा गगन थापालाई विजयी गराउन सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नवप्रवेशीमध्ये वडा नं। १ का वडाध्यक्ष महतो र वडा नं। २ का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टीबाट, वडा नं। ५ का वडाध्यक्ष गुप्ता जनता समाजवादी पार्टी (जसपा)बाट तथा वडा नं। ११ का वडाध्यक्ष पण्डित नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया