७ माघ २०८२, बुधबार | January 21, 2026

राजीव खत्री र शोभा पाठकविरुद्ध आयोगमा उजुरी


January 21, 2026
747
Shares

काठमाडौं, ७ माघ । हिजो मात्र उम्मेदवारी दर्ता गराएका विभिन्न पाँच जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको हो ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध उजुरी परेको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लालबिक्रम थापाविरुद्ध उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीउपर अध्ययन भइराखेको छ । आयोगले कुन उम्मेदवारविरुद्ध के विषयमा उजुरी परेको भनेर केही खुलाएको छैन ।

 

प्रतिक्रिया