आत्मसमिक्षा गर्दै मतदान गर्न अपिल
आक्रोश पछिको निर्वाचन हो
निर्वाचन पछि को नतिजाले
पुनः आक्रोश निम्त्याउने काम नहोस् ।
जरै देखि राजनीति बुझेका हरु
लहलहैमा राजनीति गर्न छिरेका हरु
आफ्नो पेसामा अब्बल हु भन्दै
राजनीतिमा पनि अब्बल हुने आसमा
बिग्यताको बयान गर्दै आएका हरु
गाली गलोचमा अब्बल हुने हरु
राज्यका कुनै निकायले नचिनेका
स्व-घोषित अभियान्ता हरु
सबै-सबै अहिले
चुनावी मैदानमा छन् ।
हाम्रो आसा छ कि
निर्वाचन पछिको नेपाल
रणमैदानमा परिणत नहोस् ।
एकले अर्का लाई सिध्याउने नाममा
मैदानमा उत्रेकाहरु हो
ब्यक्तिगत रिसराग त्यागेर
सामाजिक बन्न सिक ।
सामाजिक संजालमा पछ्याइएको आधारमा
आफुले आफै लाई भगवान् देख्यौ भने
तिम्रो अबसान पक्कै नराम्रो हुनेछ।
मतले मातिएर युक्रेनका जेलेस्किले
आफ्नो देश लाई मसान घाट बनाइ सके
त्यसरी मात्तिने तिमीहरु लाई छुट छैन ।
शक्ति रास्ट्रहरुको बिचको नेपाल
बुझेको हुनुपर्छ नै ।
यदि बुझिएन र बेवास्ता गरियो भने
के हुन्छ युक्रेनको बर्तमान पढ।
यो निर्वाचनमा
स्थिरता र भावी योजनाको खाका
जस्ले ल्याउछ उसैलाई भोट देउ
लहलहैमा हैन ।
अहिलेको तरलता लाई
स्थायित्व दिन पनि
निर्वाचन अपरिहार्य छ ।
हिजो बन्दुक बोक्नेहरु पनि मैदानमा छन।
हिजो सिंहदरबार जलाउन पुल्ठो ठोस्नेहरु पनि मैदानमा छन् ।
हिजो जलाउन उत्प्रेरित गर्नेहरु पनि मैदानमा छन् ।
हिजो गोलि ठोक्नेहरु पनि मैदानमा छन् ।
हिजो पनि वाक क्रान्ती र आज पनि वाक क्रान्ती गर्नेहरु पनि मैदानमै छन ।
आफ्नो मत कसलाई दिने ?
आत्म-समिक्षा गर
अनि मात्रै मतदान गर ।।
मजान केसी ‘सान्दाई’


