रमेश लेखकले पाएनन टिकट
नेपाली कांग्रेसले नेता रमेश लेखकलाई प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।
२०७९ को चुनावमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका लेखकलाई नदिएर पार्टीले हरि बोहरालाई उम्मेदवार बनाएको हो।
उनी निवर्तमान गृहमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य हुन्। लेखक जेनजी आन्दोलनका बेला गृहमन्त्री थिए।


