१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

आमाको हत्या गरेर छोराले आफैमाथि खुकुरी प्रहार गरे


January 17, 2026
664
Shares
Yellow crime scene do not cross barrier tape in front of defocused background. Horizontal composition with selective focus and copy space.

भक्तपुरमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

शुक्रबार राति मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए ।

शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेपछि आमा सरीता गम्भीर घाइते भएकी थिइन् ।

सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो।

आमाको हत्या गरेपछि भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते छन् ।

प्रतिक्रिया