आमाको हत्या गरेर छोराले आफैमाथि खुकुरी प्रहार गरे
भक्तपुरमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
शुक्रबार राति मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए ।
शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेपछि आमा सरीता गम्भीर घाइते भएकी थिइन् ।
सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो।
आमाको हत्या गरेपछि भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते छन् ।


