३० पुस २०८२, बुधबार | January 14, 2026

महामन्त्री कारबाही प्रस्तावपछि कांग्रेसमा दरार, दुई केन्द्रीय सदस्य बैठकबाट बाहिरिएका थिए


January 14, 2026
996
Shares

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक तनाव केन्द्रीय समिति बैठकमा खुलेर प्रकट भएको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कारबाहीको प्रस्ताव उठेपछि पार्टीभित्रको शक्ति सन्तुलन र भावी एकताको प्रश्न पुनः सतहमा आएको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकमा उक्त प्रस्तावमाथि असहमति जनाउँदै केन्द्रीय सदस्य रामहरि खतिवडा र चन्द्र भण्डारी बैठक कक्षबाट बाहिरिनु केवल प्रक्रियागत असन्तुष्टि मात्र नभई पार्टी विभाजनप्रतिको गहिरो चिन्ताको संकेतका रूपमा हेरिएको छ। उनीहरूका अनुसार नेतृत्व तहका महामन्त्रीहरूलाई कारबाही गर्नु भनेको आन्तरिक संवाद बन्द गरेर टकरावको बाटो रोज्नु हो।

विशेषतः संगठनभित्र फरक धारको प्रतिनिधित्व गर्ने महामन्त्रीहरूलाई लक्षित कारबाहीले कांग्रेसभित्र पहिलेदेखि विद्यमान गुटगत दूरीलाई अझ गहिरो बनाउने खतरा देखिएको छ। खतिवडाले पार्टी एकतामाथि प्रत्यक्ष असर पर्ने भन्दै बैठक बहिष्कार गर्नु नेतृत्वलाई दिएको राजनीतिक सन्देशका रूपमा बुझिएको छ।

यस घटनाले कांग्रेसभित्र मतभेद समाधान गर्ने माध्यम कारबाही हो कि संवाद भन्ने बहसलाई पुनः बलियो बनाएको छ। शक्ति प्रयोगमार्फत असन्तुष्टि दबाउने प्रयासले अल्पकालीन नियन्त्रण त दिन सक्छ, तर दीर्घकालमा पार्टीको संगठनात्मक स्थायित्व र जनविश्वास दुवै कमजोर पार्ने जोखिम रहने विश्लेषकहरूको मत छ।

प्रतिक्रिया