२९ पुस २०८२, मंगलबार | January 13, 2026

रैथाने बीउबिजन संरक्षणका लागि भृकुटीमण्डपमा ‘बृहत रैथाने कृषि मेला’ हुँदै


January 13, 2026
249
Shares

काठमाडौँ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा आगामी माघ १ गते काठमाडौँको भृकुटी मण्डपमा ‘रैथाने कृषि मेला २०८२’ आयोजना हुने भएको छ।

कृषि जैविक विविधताको संरक्षण र रैथाने उत्पादनको व्यावसायीकरण गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा सहभागीहरूले साझा प्रतिबद्धतासहितको ‘घोषणापत्र’ जारी गर्ने तयारी गरेका छन्।

कार्यक्रमका बारेमा बोल्दै रैथाने अभियानका प्रमुख सल्लाहकार एवं वातावरणविद् डा। आलोक पर्साईले मेलाको महत्व प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयोस्

“हामी यो मेलामा देशभरका रैथाने खाद्यान्न र मौलिक वस्तुहरूको प्रदर्शनी गर्दैछौँ। करिब १० हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको यो मेलाले विशेषगरी युवा पुस्तालाई कृषिप्रति आकर्षण गर्न र आफ्नै माटोको उपज चिन्न मद्दत पुर्‍याउनेछ।”

त्यस्तै, इलामको चियाको बोट नै प्रदर्शनीका लागि ल्याउने तयारी गरिरहनुभएका चिया विशेषज्ञ तथा बगान अर्गानिक कलेक्टिभ हबका सञ्चालक राम चौहानले कृषि पर्यटन र मौलिकताको प्रचारमा जोड दिनुभयो। उहाँको भनाइ छस्

“हामीले इलामको चियाको बोट नै भृकुटी मण्डपमा ल्याएर देखाउने प्रतिबद्धता गरेका छौँ। यसले उपभोक्तालाई हामीले पिउने चियाको स्रोत र यसको ऐतिहासिकताबारे नजिकबाट बुझ्न सघाउनेछ।”

सूचना प्रविधिको माध्यमबाट कृषिलाई जोड्दै आउनुभएका आईसीटी पत्रकार मञ्चका अध्यक्ष एवं लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कर राज पाण्डेले सबैलाई मेलामा आमन्त्रण गर्नुभयो। उहाँले भन्नुभयोस्

“हाम्रो मौलिकता नै हाम्रो पहिचान हो। माघ १ गते सबैजना भृकुटी मण्डप आउनुहोस्, हाम्रा रैथाने खाद्यान्नहरू हेर्नुहोस् र प्रयोग गर्नुहोस्। प्रविधि र कृषिको यो संगमले नयाँ आयाम थप्नेछ।

प्रतिक्रिया