विशेष महाधिवेशनले खम्बबहादुर खाँतीको नेतृत्वको निर्वाचन समिति भंग गरेर नयाँ गठन
काठमाडौं । भृकुटीमण्डमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।
डेमोक्रेटिक लयर्स एशोसिएसन ९डीएलए०का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।
समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।


