२६ पुस २०८२, शनिबार | January 10, 2026

डेमोक्रेटिक इन्जिनियरहरु विशेष महाधिवेशनको पक्षमा खुले


January 9, 2026
2.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) सम्बद्ध इन्जिनियरहरुले आयोजना गरेको भेलाले पार्टीको विशेष महाधिवेशनको पक्षमा खुल्ने निर्णय गरेको छ ।

‘वर्तमान नै सक्किन लाग्योे के को भविष्यको चिन्ता ?’ ठहर गर्दै डेमोक्रेटिक इन्जिनियरहरुले विशेष महाधिवेशनको पक्षमा खुल्ने निष्र्कृषमा पुगेको नेपाल भ्यालुयर्स एशोसिएसनका सचिव इ.रविन्द्र अधिकारीले जानकारी दिए ।

सिडेन, नेपाल इन्जिनियर्स एसोसिएसनका वर्तमान तथा पूर्वपदाधिकारीहरु, इन्जिनियरीङ्ग क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूले ईन्जिनियर तथा आर्किटेक्टहरूको एक पक्षको भेलाले विशेष महाधिवेशनको पक्षमा उभिने निर्णय गरेको हो ।

ललितपुरको ज्वागलमा आज एक कार्यक्रमको आयोजना गर्दै विशेष महाधिवेशनबाट पार्टीले तय गर्ने नीतिहरूमा प्रविधि र पुर्वाधरसम्बन्धी मुद्दा तथा सरोकारबारे सुझाव संकलन गरेको हो ।

इन्जिनियरिङ क्षेत्रबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरू दिपकबाबु कँडेल,लक्ष्मण केसी, डा.हरिबहादुर दर्लामी, महासमिति सदस्य अमृत ज्ञवाली, बोदराज दाहाल, शकलदेव सुतियारलगायतले यस अघिनै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । उनीहरु पनि कार्यक्रममा सहभागी थिए ।

साथै, सीडेनका नेता एवं महाधिवेशन प्रतिनिधि इ.धनेन्द्र केसीले कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रमको संयोजन सिडेनका नि.उपाध्यक्ष इ.उमेश धितालले गरेका थिए । डा.इ.मन्दीप सुवेदी, इ. दिपेश बिष्टसमेत विशेष महाधिवेशन अभियानमा सक्रिय छन् ।

प्रतिक्रिया