२१ पुस २०८२, सोमबार | January 5, 2026

प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदी अस्पताल भर्ना


January 4, 2026
664
Shares

काठमाडौं,२० आइतबार । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी अस्पताल भर्ना भएका छन् ।

सुवेदीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ ।

उनलाई पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या देखिएको हो ।

प्रतिक्रिया