१४ पुस २०८२, सोमबार | December 29, 2025

समाजसेवी अर्जुन थापा नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्ष उम्मेदवार सिफारिस


December 29, 2025
332
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा निर्वाननका लागि म्याग्दी जिल्लाको प्रत्यक्षतर्फ अर्जुन बहादुर थापालाई उम्मेदवार सिफारिस गरेको छ ।

समाजसेवी समेत रहेका थापासहित कृष्णकुमार विश्वकर्मा,गमबहादुर श्रीस मगर, टेकबहादुर वि.क., दुर्गा कार्कीलगायत ५ जनालाई पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो ।

त्यसैगरी, समानुपातिक तर्फ गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरेलगायत ६ जनाको नाम उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीको थापा सम्भावना बोकेका युवा नेता एवं व्यवसायी हुन् । उनले म्याग्दीका विभिन्न विद्यालयहरुका विपन्न विद्यार्थीहरुलाई कापि,कलम, झोलालगायत स्टेशनरीका आवश्यक सामानहरु फाउण्डेशनमार्फत सहयोग गर्दै आएका छन् ।

थापाले विदेश जाने क्रममा वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुलाई पनि पैसा उठाएर निशुल्क सहयोग गर्दै आएका छन् ।

म्याग्दीबाट आएर काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुमाझ समेत उनी लोकप्रिय छन् । पार्टीले विश्वास गरेर टिकट दिए जित निश्चित भएको उनी दाबी गर्छन् ।

प्रतिक्रिया