विद्यार्थी र अभिभावकहरुलाई सूचना पठाएर उपत्यकाका विद्यालय बन्द
काठमाडौं,७ पुस । काठमाडौं उपत्यकाका आज अधिकांश विद्यालयहरु बन्द भएका छन् ।
जनपक्षीय विद्यार्थी युनियन,नेपालले उपत्यकाका शैक्षिक हड्ताल घोषणा गरेपछि स्कुलहरु बन्द भएका हुन् ।
विद्यालयहरुले विद्यार्थी र अभिभावकहरुलाई सूचना पठाएर विद्यालय बन्द रहेको जानकारी गराएका हुन् ।
नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन,नेपालले विभिन्न १८ बुंदे माग राखेर हड्तालको घोषणा गरेका हुन ।
विद्यालयले उठाउदै आएको शुल्कमा ५० प्रतिशत घटाउनु पर्ने, माध्यमिक तहसम्म निशुल्क शिक्षा पुर्णरुपमा लागु हुनुपर्ने माग अघि सारेको छ ।


