५ पुस २०८२, शनिबार | December 20, 2025

समर्पण बस्ती सुधार समितिको पन्ध्रौ साधारण सभा सम्पन्न


December 20, 2025
0
Shares

काठमाडौं, ५ पुस । काठमाडौं महानगरपालिका–१६ स्थित समर्पण बस्ती सुधार समितिको पन्ध्रौ साधारण सभा एवं आठौं अधिवेशन सम्पन्न भएको छ ।

सातौं कार्यसमितिका अध्यक्ष टुकनाथ ढकालको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रम काठमाडौं क्षेत्र नं ७ ‘क’ प्रदेश सभा सदस्य वसन्त मानन्धरको प्रमुख आतिथ्य र वडा नं १६ का निवर्तमान कार्यवाहक वडाध्यक्ष तथा वर्तमान वडासदस्य पुष्प महर्जनको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

अतिथिहरु काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेल, नेपाली कांग्रेसका नेताहरु,वडा न १६ का अध्यक्ष देवेन्द्र पाठक, दक्ष पौडेल, नेकपा एमालेका नेता एवं समाजसेवी विश्वराम सापकोटा, सामुदायिक विकास संघ बनस्थलीका अध्यक्ष कमल काफ्लेलगायतको उपस्थितिमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको नवनिर्वाचित उपाध्यक्ष इ.रविन्द्र अधिकारीले जानकारी दिए ।

उक्त साधारण सभाले अग्रज सम्मान अन्तर्गत समितिका पूर्व अध्यक्ष कर्णबहादुर शाही र समितिका संस्थापक कोषाध्यक्ष तथा प्रथम कार्यसमितिका कोषाध्यक्ष जसमाया जिरेललाई सम्मान गरेको थियो ।

त्यसैगरी, ज्येष्ठ नागरिक सम्मान अन्तर्गन समर्पण बस्ती कै भक्तमाया श्रेष्ठ र नैना माया पोखरेललाई सम्मानित गरिएको हो ।

त्यस्तै, एसईई २०८१ मा उच्च अंक ल्याएबापत युनिश आचार्यलाई सम्मान गरिएको थियो ।

उक्त आठौं अधिवेशनले सर्वसम्मतरुपमा कार्यसमिति पनि चयन गरेको छ । शुसिला ढकाल भुर्तेल अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् भने उपाध्यक्षमा इ.रबिन्द्र अधिकारी निर्वाचित भएका छन् । अधिकारी समितिको तीन कार्याकाल सचिव र दुई कार्यकाल उपाध्यक्ष भई काम गरिसकेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा रामकृष्ण धरेल, सचिवमा सुवास थापा, कोषाध्यक्षमा सविता पौडेल, सदस्यहरुमा लक्ष्मी गिरी,विष्णुप्रसाद पौडेल, रामकाजी भण्डारी, राधिका कल्पित,कमला पोखरेल,सुष्मा गौतम, तुलाराम गिरी र अमिन न्यौपाने नयाँ कार्यकालको लागि निर्वाचित भएका हुन् ।

सो निर्वाचन कमिटिका संयोजक कर्णबहादुर शाही थिए भने सदस्यमा उपप्राध्यापक टिकाराज कैनी र सदस्य सचिवमा सिताराम सुवेदी थिए । कार्यक्रमको संचालन रामकृष्ण धरेलले गरेका थिए ।

 

प्रतिक्रिया