२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुव्यवहारप्रति एनभिएको आपत्ति


December 15, 2025
166
Shares

काठमाडौँ, २९ मंसिर । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुव्यवहारको घटनाप्रति आपत्ति जनाएको छ ।

बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि दुव्यवहार भएपछि एनभिएका अध्यक्ष इ.संजय महतोले सामाजिक सञ्जालमार्फत विज्ञप्ती निकालेर विरोध जनाएका हुन् ।

अध्यक्ष महतोले दोषीलाई कानुनी दायरामा ल्याई आवश्वक कारबाही गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

‘ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति म गहिरो आपत्ति र घोर भत्र्सना व्यक्त गर्दछु। यस्ता गैरकानुनी तथा आपत्तिजनक क्रियाकलाप तुरुन्त रोक्न सरकारसँग आग्रह गर्दछु र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न पनि अनुरोध गर्दछु।’–विज्ञप्तीमा उल्लेख छ ।

त्यसगरी, एनभिएका सचिव इ.रविन्द्र अधिकारीले पनि सो घटनाको विरोध जनाएका छन् । उनले ऋण लिने नतिर्ने, कानुनी प्रक्रिया नचाल्ने, कर्मचारीमाथि दुव्यवहार गर्ने ? कस्तो सस्कृतिको विकास गर्दैछौ हामी ? प्रतिप्रश्न गर्दै घटनाको दोषीलाई तुरुन्त कारबाही गर्न जोडदार माग गरेका छन् ।

बैंकसँग धेरै कुरा एनभिएका असहमति भएपनि यस्ता घटनामा भने बैंकको पक्षमा रहेको उनले स्पष्ट पारेका छन् ।

‘सप्तरीमा आज भएको घटना आपत्ती जनक छ । ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति म गहिरो आपत्ति र घोर भत्र्सना व्यक्त गर्दछु। यस्ता गैरकानुनी तथा आपत्तिजनक क्रियाकलाप तुरुन्त रोक्न सरकारसँग आग्रह गर्दछु र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न पनि अनुरोध गर्दछु। लोन लिने नतिर्ने, कानुनी प्रक्रिया नचाल्ने; कर्मचारी माथी दुव्र्यवहार गर्ने!? कस्तो सस्कृती को बिकास गर्दै छौ हामी!? बैन्कर हरु संग हाम्रा धेरै असहमति छन, तर यस्ता कुरामा Nepal Valuers Association ( Nepal Valuers-Association) बैन्क संगै छ है।’–उनले लेखेका छन् ।

ऋण असुलीका क्रममा ऋणी र परिवारका सदस्यले सप्तरीस्थित रुपनी शाखाका बैंकका कर्मचारीमाथि मंसिर २५ गते कालोमोसो दलेर कुटपिट गर्दै दुव्र्यवहार गरेका थिए ।

प्रतिक्रिया