२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल निर्वाचित


December 14, 2025
0
Shares

काठमाडौं,२८ मंसिर । नेपाली समाज टेक्सास (एनएसटी) को सन् २०२६–०२७ कार्यकालका लागि अध्यक्षमा विजय भुसाल निर्वाचित भएका छन्।

आइतबार सम्पन्न भएको निर्वाचनमा भुसालले निकटतम प्रतिद्वन्द्वी जनक भण्डारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

भुसालले २३ सय १८ मत प्राप्त गर्दा भण्डारीले १३ सय ९१ मत मात्र पाए ।

भुसालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जीवलाल भुसाल, उपाध्यक्षमा दिलीप राई, महासचिवमा प्रविश श्रेष्ठ र कोषाध्यक्षमा प्रेम थापा (आदित्य) निर्वाचित भएका छन्। यसैगरी, सचिवमा नारायण बहादुर केसी र सह–कोषाध्यक्षमा कान्ति नेपाल विजयी भएका छन्। महिला संयोजकमा सोनी थापा (सोनिशा), खेलकुद संयोजकमा उजित अधिकारी तथा युवा तथा विद्यार्थी संयोजकमा आदर्श भण्डारी निर्वाचित भएका छन्। अधिकारी र आर्दश भण्डारी जनक भण्डारी टिमका हुन् ।

यस्तै, कार्यसमिति सदस्यहरूमा रीना क्षेत्री, प्रदीप पौडेल, अर्जुन बम, बाबुराम अर्याल र हेम भट्ट विजयी भएका छन्।

 

प्रतिक्रिया