२७ मंसिर २०८२, शनिबार | December 13, 2025

एनआरएनएको १२औं एकता महाधिवेशन फेब्रुअरी सम्ममा हुन्छ : महासचिव जोशी


December 13, 2025
0
Shares

काठमाडौं,२७ मंसिर । करिब चार वर्षदेखि विभाजनको चपेटामा परेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को फेब्रुअरीमा १२ औं एकता महाधिवेशन हुने भएको छ ।

विभाजन अन्त्य गर्न र संघलाई पुःन एकिकृत गर्न आगामी फेबु्रअरीमा १२ औं महाधिवेशन गरिने एनआरएनएका महासचिव गौरीराज जोशीले बताए ।

जोशीले अमेरिकास्थित एउटा मिडियामा अन्तर्वाताको क्रममा संघको निर्वाचन फेब्रुअरीमै हुने बताएका हुन् । संघको निर्वाचन ढिलोमा पनि फेब्रुअरीमा हुने र निर्वाचन सम्पन्न गराउन आफु स्टेरिङ कमिटीमा आएको पनि उनले स्पष्ट पारे ।

संघको सदस्यता वितरण जनवरी ९ तारिखसम्म खुल्ला गरिसकिएको छ । महासचिव जोशीले संघको निर्वाचन शान्तिपुर्ण र विवादरहित रुपमा सम्पन्न गर्ने पनि दाबी गरे । आगामी निर्वाचनबारे कुरा गर्दै जोशीले संसारभरका उत्कृष्ट अभ्यास अध्ययन गरेर एनआरएनएले अनलाइन प्रणालीमार्फत निर्वाचन गर्ने पनि बताए ।

संघका डा.बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गर्दै आएका दुई कार्यसमिति बीच गत १४ मंसिरमा प्रधानमन्त्री शुसिला कार्कीको उपस्थितिमा बृहत एकता घोषणा गरिएको थियो ।  १०औं महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धि विवादले संघ विभाजनमा पुगेको थियो ।

बृहत एकताको अवधारणाअनुसार, १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी ३०, ३१ र फेब्रुअरी १ मा सम्पन्न गरिने प्रस्ताव गरिएको छ । यसै गरी विगतका १०औं र ११औं महाधिवेशनका सन्दर्भमा बनेका विभिन्न कार्यसमितिहरू अभिलेखिकरण गरिने उल्लेख गरिएको छ । साथै, सो महाधिवेशनमा सबै पक्षका व्यक्तिहरुलाई प्रतिनिधिको रुपमा सहभागी गराउने व्यवस्था हुने बताइएको छ ।

प्रतिक्रिया