थपिएका ४ मन्त्रीको पृष्ठभूमि के हो ?
काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले चौथोपटक आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । राष्ट्रपति कार्यालयमा चार जना नवनियुक्त मन्त्रीको नाम पेस भएसँगै आजै अपराह्न शपथग्रहण कार्यक्रम राखिएको हो ।
श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईं वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
चार जना नवनियुक्त मन्त्रीहरू विभिन्न पृष्ठभूमिका छन् ।
डा कुमार इङनाम काठमाडौं स्कूल अफ लका प्रोफेसर हुन्
माधव चौलागाईं ‘कुडा कर्णाली’ महोत्सवमा सक्रिय व्यक्ति हुन् । पछिल्लो समय उनको ‘जुरुक्क उठ्छ कर्णाली’ गीत निकै चर्चित बनेको थियो ।
राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व एआईजी हुन् ।
श्रद्धा श्रेष्ठ ‘दिगो पर्यटन परियोजना’मा कार्यरत श्रेष्ठ पर्यटन बोर्डमा वरिष्ठ व्यवस्थापकको रूपमा काम गरिरहेकी थिइन् । बोर्डको जागिर छोडेर उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेकी हुन् ।


