२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

पठन संस्कृतिको विकासका लािग किताब जात्रा महत्वपूर्ण : सञ्चारमन्त्री खरेल


December 11, 2025
0
Shares

काठमाडौँ, २५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । किताव जात्राको सातौँ संकरणको बिहिबार उद्घाटन गर्दै उहाँले शिक्षित नेपाल निर्माणका लागि शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री खरेलले सबै बालबालिकालाई गुगास्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“शिक्षा भन्दा संसारमा केहिपनि छैन, शिक्षा नै अध्यारो हटाउने ज्योति हो । त्यसैले शिक्षाबाट बञ्चित आज पनि जति बालबालिकाहरु छन् सबैले कामना गरौँ, सबै बालबालिका विद्यालय गएर राम्रोसँग अध्ययन गर्न पाउछन् । सबैले चाहे अनुसारको शिक्षा हिशिल गर्न सकुन् ।”

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“हामी अहिले संवदेनशील समयमा सरकारमा सहभागी भएका छौँ । मुलुकलाई एउटा परिवर्तनको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी र दायित्व हामी सबैको काँधमा छ, यसलाई पुरा गर्न सबैलागौँ ।”

किताब जात्राका निर्देशक ऋषिराज अधिकारीले पठन संस्कृतिको विकाससँगै नागरिकलाई शिक्षाप्रति जागरण फैलाउने उद्देश्यले किताब जात्रा गरिदै आएको बताउनुभयो । दुई दिने कार्यक्रममा पुस्तक प्रदर्शनीका साथै विभिन्न प्राज्ञिक शत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकारहरुले विभिन्न कला र संस्कृति झल्कने प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया