ब्रेन ट्युमरसँग जुधिरहेका छोराको घाँटी रेटेर हत्या
काठमाडौं,२१ मंसिर । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असईले आफ्नै छोराको घाँटी रेटेर हत्या गरेका छन ।
असई पुष्कर कार्कीले आफ्नै ४ महिनाका छोराको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । घटना उनीहरु भाडामा बस्दै आएको सिनामंगलस्थित कोठामा आइतबार दिउँसो भएको हो ।
कार्कीले सुतिरहेको ४ महिनाको छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
शिशुको जन्मदेखि नै ब्रेन ट्युमर रहेको बताइएको छ, र उपचारमा परिवार तनावमा रहेको खुलेको छ।
घटनापछि कार्कीले श्रीमतीलाई समेत कुटपिट गरेका थिए । श्रीमती पनि प्रहरी नै हुन्।
हत्या र कुटपिटपछि कार्की घटनास्थलबाट फरार भएका थिए ।


