१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालीपेनको समाचार प्रभाव : पशुपतिमा हटाइयो फलामका डण्डी


December 5, 2025
0
Shares

काठमाडौं, १९ मंसिर । पशुपतिनाथ मन्दिर परिसर भित्र प्राचीन सम्पदाको मौलिक स्वरूप नै नष्ट हुने गरी कोषले राखेका फलामका डन्डीहरू हटाएको छ ।

नेपाली पेन डटकमले केही समयअघि भ्रष्टाचारले लिप्त पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई हैरानी दियो भन्ने प्रकाश रायमाझीद्धारा लिखित समाचार प्रकाशित गरेको थियो । सोही समाचारको प्रभावले कोषले फलामका डण्डीहरु हटाएको हो ।

दर्शनार्थीहरुलाई लाइनमा राख्ने बहानामा कोषले अनावश्यक हैरानी दिएको डण्डी हटाएपछि खुशी व्यक्त गर्दै धार्मिक अभियन्ता रायमाझीले लेखेका छन् “पशुपतिनाथ मन्दिर परिसर भित्र प्राचीन सम्पदाको मौलिक स्वरूप नै नष्ट हुने गरी कोषले राखेकाफलामका डन्डीहरू हटाएको छ रे । सो रेलिङहरू हटाउन जोडदार रुपमा सम्बन्धी निकायलाई ध्यानाकर्षण गराएका थियौँ। अटेर गरेमा भक्तजनहरूले नै हटाउने कार्यक्रममा थियौं। अझै पनि त्यहाँ धेरै सुधार गर्नु छ। गौशालाको मूल प्रवेश ढोकामा सिमेन्टको डिभाइजर राखेर बन्द गरिएको छ। VIP आउँदा मात्रै खोल्नेभनेर मन्दिरमा प्रवेश गर्दा किन भिआइपी रुरु मन्दिरमा कोही खष्उ हुँदैनन । त्यो तुरुन्त हटाओस् । अन्यथा हामी आफै आएर हटाउनेछौं।”

मन्दिरभित्र जथाभावी फलामका रेलिङहरू (बेरीकेट) राखेर प्राचीन सम्पदास्थलको मौलिक स्वरूप नै बिगारेको र खाली पैसा मात्रै उठाउने उद्देश्यले व्यापारिक मनस्थितिगर्दा हाम्रो आस्थामाथि गहिरो चोट पुगिरहेको समाचारमा उल्लेख गरिएको थियो ।

 

भ्रष्टाचारले लिप्त पशुपति क्षेत्र विकास कोषले‌ दर्शनार्थीलाई हैरानी दियो : रायमाझी

https://nepalipen.com/2025/11/24735/

प्रतिक्रिया